सुन र चाँदीको मूल्य बढ्यो

फाईल फोटो

काठमाण्डौ,२८ पुुुस । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ बढेको छ ।

महासंघले बुधबारका लागि प्रतितोला ९२ हजार रूपैयाँ मूल्य तोकेको छ। यस्तै‚ तेजावी सुनको मूल्य प्रतितोलाको ९१ हजार ५०० तोकिएको छ । चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रूपैयाँ बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रूपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया