नेपाल एपीएफ क्लबको लगातार दोस्रो जित, गण्डकी प्रदेशलाई हराउर्दै प्रदेश २ को पहिलो जित 

फाईल फोटो

काठमाण्डौ,२७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हासील गरेको छ । समूह ‘बी’ अन्तर्गत त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित निकालेको हो । यस अघि हिजो आफ्नो पहिलो खेलमा एपीएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो ।

जितसँगै एपीएफले दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बागमती र प्रदेश २ को समान दुई–दुई अंक छ । आज बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो । मुलपानी मुलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा भने गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको हो । १ सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको छ । प्रदेश २ ले यस अघि हिजोभएको पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग २४ रनको पराजय भोगेको थियो ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया