सहकारीले नै अर्थतन्त्र बलीयो राख्छ : उपप्रमुख आचार्य

 

सन्तोष वली, तुलसीपुर १२ कात्तीक ।

तुलसीपुर उपमहानगरपालिका उपमेयर माया आचार्यले सहकारीले बचत मात्र नभई महीलाहरु लाई लघुउद्यम तीर आकर्षण गर्नु पर्ने बताउनु भएको छ । टंरीगाउ महीला साना किसान कृषी सहकारी सस्थाको ५औ बार्षीक साधारण सभा लाई  सम्वोधन गर्दै  उहाले यस्तो बताउनुभएको भएको हो । कार्यक्रमको प्रमुख अथिति समेत रहनु भएका आचार्यले मुलुकको अर्थतन्त्र बलीयो राख्न सहकारीको मुख्य भुमीका हुने बताउनु भएको छ ।

सहकारी सस्थका अध्यक्ष भगवती धीतालको अध्यक्षता एव तुलसीपुर उपमहानगरपालिका उपमेयर माया आचार्यको प्रमुख आथीत्यमा भएको कार्यक्रममा साना कीसान कृषी सहकारी सस्था उरहरीका प्रवन्धक चीरन्जिवी के सी , महीला अधीकार कर्मी शुस्मा गीरी , तुलसीपुर उपमहानगरपालिका १२ का जनप्रतिनिधी शान्ता पुन, महीला नेतृ शुसीला न्यौपाने , पत्रकार नारायण भण्डारी लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रममा बार्षीक प्रतीबेदन अध्यक्ष भगवती धीतालले र आर्थीक प्रतीबेदन प्रवन्धक सुनीता भण्डारीले गर्नु भएको थीयो ।

संस्थाकी उपाध्यक्ष भगवती धितालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सहकारीकी लेखा संयोेजक पुष्पा लामीछानेले गर्नु भएको थीयो ।

प्रकाशित मिति : २०७४ कार्तिक १२ गते आइतवार
प्रतिक्रिया