सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

फाईल फोटो

काठमाण्डौ,२० पुस । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार
प्रतिक्रिया