जीवन सुरक्षाका लागि बिमा आवश्यक : कट्टेल

ओपेन्द्र बस्नेत, तुलसीपुर ३० असोज ।
नेपाल सरकारका सरसफाई दुत सीताराम कट्टेल (धुर्मुस) ले जीवन सुरक्षाका लागि बिमा आवश्यक रहेको बताउनु भएको छ । धर्तिमा रहदा सम्म जीवन सुरक्षित खुशीयाली बनाउनु पर्ने भन्दै उहाँले आफु र आफ्ना सन्ततिका लागि बिमा गर्नु पर्नेमा जोड दिनुभयो । सन नेपाल इन्स्योरेन्स राप्ती शाखाको तुलसीपुरमा सोमबार उद्घाटन गर्दै उहाँले भविष्यका लागि महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । सुरुवात भएकाले यसको पर्वद्धनका लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै उहाँले व्यवसायिक धर्म संगै सामाजिक अभियानमा समेत लाग्न बिमा कम्पनीलाई आग्रह गर्नुभयो ।

सरकारले पछिल्लो समय स्वास्थ्य बिमाको कुरालाई अघि सारेर उदाहरणीय काम गरेको भन्दै यसलाई देशै भर छिटो भन्दा छिटो लागेर अकालमा ज्यान गुमाउनेहरुका लागि सहाराको भूमिका निर्भाह गर्न समेत आग्रह गर्नुभयो ।

फरक प्रसंगमा उहाँले सामाजिक मुल्यमान्यता र संस्कृति हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दैै मानवीय भावना जोगाइ राख्नु पर्नेमा जोड दिनुभयो । सो कार्यक्रमा बिमा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले दुई सय करोड अधिकृत पुँजी रहेको बताउदै एक सय ४० करोड जारी र एक सय २० करोड बिमितहरुका लागि तयारी अवस्थामा राखीएको दाबी गर्नुुभयो ।

कार्यक्रको बारेमा सन नेपाल इन्स्योरेन्सका प्रवन्धक मोतिलाल भट्टराईले प्रकाश पार्नु भएको थियो । सोअवसरमा उत्कृष्ट कार्य गरेवापत दुईदर्जन बढी अभिकर्तालाई सम्मान गरिएको थियो । हरिभक्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमा तुलसीपुर उद्योगबाणीज्य संघका कोषाध्यक्ष डिल्ली वली,  तुलसीपुर उप महानगरपालिका वित्तिय अधिकृत ललित घर्ति लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७४ असोज ३० गते सोमवार
प्रतिक्रिया