प्रजिअ रेग्मीद्धारा तुलसीपुरमा महिला कारागार भवनको शिलान्यास

तुलसीपुर, १ मसिंर । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले समयमै काम सम्पन्न गरेर इमान्दारीता देखाउन निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । तुलसीपुरमा महिला कारागार भवनको शिलान्यास गर्दै उहाँले एकाध निर्माण व्यवसायीले समयमै निर्माण कार्य सम्पन्न नगरेका कारण अन्य निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण जनमानसमा फरक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी रेग्मीले तोकेको समय अगाबै भवनको निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने र ढिलासुस्ती गरेमा दण्डित गर्ने पनि चेतावनी दिए ।

शिलान्यास कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढा, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल लगाएतले भवनको निर्माण कार्य सम्पन्न भएमा कैदी व्यवस्थापनमा सहज हुने बताए । २० कोठाको सुविधा सम्पन्न भवनभित्र पुस्तकालय, वर्कसप तथा सिप विकास कक्ष, मनोरञ्ज कक्षका साथै ८२ बेडको क्षेमता रहेको छ ।
२०८० भदौ २ गते निर्माण कार्य सम्पन्न गर्नेगरी प्रसंशा कन्स्ट्रक्सन कैलालीले ३ करोड २९ लाखमा २०७८ साउन २५ गते सम्झौता गरेको थियो । २ सय २५ जना क्षेमता रहेको तुलसीपुर कारागारमा अहिले ४ सय ९८ जना छन् । जसमध्य ४ सय ६६ पुरुष, २९ महिला र ३ जना नाबालिका रहेको कारागारले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया