फाइल फोटो
तुलसीपुर, २१ कात्तिक । सल्यानमा बस पल्टिदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । जिल्लाको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको यात्रुबाह बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै पल्टिदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।दुर्घटना दिउँसो साढे १२ बजे भएको थियो । घटनाको विस्तृत बिबरण आउँन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।