दाङमा भाइले दाइको छातीमा भाला रोपे

तुलसीपुर,४ कार्तिक । दाङमा भाइले भाला प्रहार गर्दा दाइ गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते हुनेमा शान्तिनगर गाउँपालिका –१ ज्यामीरे निबासी ३५ बर्षका देब बहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिनुभयो ।

सामान्य विवादलाई लिएर बुधार राति साढे आठ बजे ३० बर्षका भाइ लिलाराम वलीले दाहिने छातिमा भाला रोपेको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ । घटनाका आरोपी पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया