स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल बितरण

तुलसीपुर, २ कार्तिक । तुलसीपुर उधोग बाणिज्यले राप्ती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । आफ्नो २९ औ स्थापना दिवस अवसरमा राप्ति प्रादेशिक अस्पतालमा उपचारत एक सय २० जना बिरामीलाई फलफुल बितरण गरिएको थियो ।

तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता एवम राप्ति प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको प्रमख आतिथ्यतामा भएको कार्यक्रमा विभिन्न व्यवसायी, सुरक्षाकमी, राजनीतिक दल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बाणिज्य सघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार
प्रतिक्रिया