तुलसीपुरमा २५ लाख लागतमा अनिता व्यूटी पार्लर संचालनमा

तुलसीपुर, २१ असोज । दाङको तुलसीपुरमा करिब २५ लाख लागतमा न्यु अनिता व्यूटी पार्लर एण्ड कस्मेटिक पसल संचालनमा आएको छ ।  तुलसी बोर्डीङ चोकमा रहेको पार्लरको तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घर्तीले कोभिडले व्यापार व्यसाय प्रभावित पारेपनि व्यवसायीक क्षेत्रमा आकर्षण नघटेको बताउनुभयो ।

सो अवसरमा पसल संचालक अनिता रोकाय थापाले नाफाका लागि मात्रै भन्दा पनि गुणस्तरीय र प्रभावकारी सेवामामा ध्यान दिने बताउनुभयो । कार्यक्रममा तुलसीपुरका प्रतिष्ठीत व्यवसायी पर्शुराम पुन, चेम्बरका कोषाध्यक्ष सन्तोष खड्का, लगाएतले व्यवसायीक शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

थे्रेडिङ, कटिङ, फेसियल सेवा गरिनुका साथै श्रृङगारका सामान पनि सफुत मूल्य प्राप्त गर्नसकिने संचालक थापाले बतानुभयो ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
प्रतिक्रिया