कुटपिटबाट दाङमा दुईजना गम्भीर घाइते

तुलसीपुर ,२० असोज । युवाहरूको कुटपिटबाट पश्चिम् दाङमा दुईजना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइते हुनेमा बबई गाउँपालिका २ निबासी बिनोद घर्ती र सलयानको कालिमाटी गाउँपालिका २ लामिदमार निबासी २१ बर्षका बिस्नु चलाउने रहेको  पीडितका भन्जा सुनिल रानाले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घाइते मध्य बिनोदको अबस्था गम्भीर रहेको छ ।

बबई गाउँपालिका २ भरतपुर निवासी सुनिल छ्न्त्याल लागाएत ५/६ जनाको समूहले बगालेमा बाटोमा हिडिरहेको अवस्थामा ढुङ्गाले हानेर घाइते बनाएको पीडितका आफन्तले जानकारी दिएका छन । घटनमा संलग्न रहेकाहको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया