महिलालाई उद्यमसंग जोड्न तुलसीपुरमा छलफल

तुलसीपुर, ७ असोज । स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरेर महिलालाई कसरी उद्यमसंग जोड्न सकिन्छ भन्ने विषयमा तुलसपुरमा वृहत छलफल भएको छ । एफएफडीको सहयोगमा अमृतपुर सामाजिक उद्यमी सहकारी संस्था र स्थानीय वन महासंघको समन्वयमा तुलसीपुरमा भएको महिला उद्यमशिल विकासमा स्थानीय सरकारको भूमिका विषयक अन्तरकृया कार्यक्रममा छलफल गरिएको हो । कार्यक्रममा १० वटा वन समूहका ५५ जना महिलाको सहभागिता रहेको थियो ।

सरकारले आफ्नो रबैयामा परिवर्तन नल्याए आन्दोलन गछौ : अध्यष पाठक
सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सरकारले आफ्नो रबैयामा परिवर्तन नल्याए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । सरकारले जनताबाट वन खोस्न लागेको बताउँदै संरक्षीत वनका नाममा सिंगो वनलाई केन्द्रमा केद्रिकृत गर्न कार्यलाई तत्काल रोक्न आग्रह गर्नुभयो । अन्तराष्ट्रिय मापण्दण्ड विपरित सरकारले ४५ प्रतिशत वनलाई संरक्षीत र मध्यवर्ती वनका रुपमा कब्जा गर्दै लगेको बताउँदै उक्त कार्य तत्तकाल नरोके देशभरका उपभोक्ताहरु सडकमा आउने चेतावनी दिनुभयो ।

प्राकृतिक स्रोत माथि जनताको अधिकार स्थापित नहुँदासम्म आफुहरुको लडाई जारी रहने बताउँदै जबरजस्त रुपमा वनको अधिकार केन्द्रमा राखेर समुदाय र स्थानीय तहलाई संरक्षकका रुपमा मात्र राख्ने सोंचबाट मुक्त उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

वन्यजन्तु संरक्षणका नाममा बाँके र वर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार गर्न खोजेको भन्दै मान्छे मारेर वन्यजन्तु पाल्न खोज्नु मानवअधिकार विरोधी कुरा भएको बताउनुभयो । “आज बाघ भएको ठाउँमा मान्छे किन जाने भनेर बहस गरिदैछ । जंगलमा गएर न्युरो टिपेर जिवीको पार्जन गर्दै आएको समुदायको अधिकार रक्षा गर्नु राज्यको दायित्व होकी होइन ?”– अध्यक्ष पाठकले भन्नुभयो – आफन्त गुमाउँदको पिडा कस्तो हुन्छ । बाघकै कारण अफन्त गुमाएकालाई सोधनुस । बाघ बचाउनेहोकी मान्छे बचाउने हो ।”

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले समुदायको अधिकार र रक्षाका लागि सथानीय सरकार सधै जनताको साथमा रहेको बताउनुभयो ।
स्थानीय वन महासंघका अध्यक्ष चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उभपोक्ता महासंघका केन्द्रीय सदस्य शेरबहादुर शाही, पारिवारीक निजी वन संघका केन्द्रीय उपाध्यक्ष मेघराज भुसाल, अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष टेकनाथ कवँर, सचिव भुपबहादुर केसी, कार्यक्रम संयोजक विद्याराज कडेल, नवदुर्गा सामुदायिक वन समूहका तुलप्रसाद खरेल, वन महासंघका सहजकर्ता खेमलाल महतारा लगाएतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया