लोप हुदै भग्री (भेडा पालन) ब्यवसाय 

हुम्ला, २० साउन / नुन ल्याए चामल ल्याए तिउनसहितका भग्री , चामल खाउला भोग मेटाउला कानमा लाउला चक्री (सुनका रिगं) ।

हिउदमा भोटबाट बर्षा तराईका फाँटबाट नुन चामल र सुन बोकेर ल्याएर आएका भेडाबाख्रलाई स्वागत गर्दा जन बोलीमा गाइने देउडा गीतसंगै परम्परागत रुपमा कर्णाली अञ्चलमा ब्यवसायको रुपमा संचालन हुदै आएको भग्री भेडा पालन ब्यवसाय पछिल्लो २ दशकदेखि लोप भएको छ ।

भेडा पालन गरी उन नुन र सुनसंगै खाद्यन्नको जोहो गर्ने उक्त ब्यवसाय पछिल्लो पुस्ताले ध्यान नदिदा लोप भएर संकटमा पदै आएको सिमकोट गाउपालिका वडा नं ५ का स्थानिय बासी धर्मराज रोकायाले बताए । कर्णाली अञ्चल लगाएत विशेष गरे हुम्ला जुम्ला डोल्पा कालिकोटमा माथिल्लो भोटभेगमा आर्थिक उपार्जनका रुपमा ब्यवसायीक तबरले संचालन गदै आएको भग्री ब्यवासय लोप भएर धरासाय बन्न थालेकोमा रोकायाले चिन्ता प्रकट गरेका छन् ।

बर्र्षमा भोट (ताक्लाकोट) बाट नुनु उन र हिउदमा पालन सहित खाद्यन्न मास्री धानको चामलको बस्तु विनिमय गर्ने उक्त ब्यवसाय लोप हुदै गएको भग्री ब्यवसाय गरेका सिमकोट गा.पा. वडा नजं ३ निवासी च्यानुर्वु लामाको भनाइ रहेको छ । भोटबाट भग्रीमा नुन उन ल्याएर चामलसंग सट्टापट्टा गरेर यहाँको जीवन उर्जार गर्ने गरेको भए पनि अहिले उक्त ब्यवसाय गर्न छोडेपछि ५ केजी चामलका लागि दिनभरि खाद्यं संस्थतामा धाउनु परेको बाध्यता रहेको ब्यवसायी लक्ष्मण भण्डारीले बताए ।

एकै घरमा एक सय देखि ५ सयसम्म भेडा पालन गर्दा उन नुन लगाएतका लत्ताकपडाको बस्तु विनिमय गर्ने र आर्थिक उृपार्जनकबो बाटो बन्द रहेको उनको भनाइ रहेको छ । उनले भने भग्री ब्यवसाय गर्दा गाउघरबाट विवहा गरेर अछाममा लिएर ५ महिना विताएर आउने चलन अहिले पनि मन मस्तिष्कमा ताजा रहेको बताए । बाख्र भेडा ब्यवसाय संचालन गर्दा ५ महिना भोट ६ महिना तराईका फँटमा बसेर जेठ बैशाखमा चामल सहित घर आउदा गरेको स्वागत अहिले सपना जस्ते रहेको अर्का ब्यवसायी फुन्जोक तामाले बताए ।

पछल्लो समयम यो ब्यवसायमा युवा तथा राज्य पक्षले ध्यान नदिा रोग चरिचरन क्षेत्रमा रोक लगाउदा २ दशकदेखि यो ब्यवासया बन्द रहेको सिमकोट गा.पा. वडा नं ५ निवासी दाने रावले बताए । राज्यले निजी तथा सामुदायिक बनको आवधारण ल्याउदा चरिचरन नहुनु भोडाहरुमा विभिन्न रोग लाग्नु र युवा पुता विदेश पलायन हुनु पुस्ता हस्तान्तरण नभएकाले पनि भग्री ब्यवसाय संकटमा परेर विलदय भएको र्जैर निवासी अकल बमले बताए ।

राज्यले किसानका लागि विभिन्न कार्यक्रम संचालन गरेको दाबी गरेपनि यो ब्यवासायलाई ब्यवासायिकीकरण नगरेको र संरक्षणमा अनुदानमा ध्यान नदिएको हुदा भग्री ब्यवसाय धरापमा परेको किसान विर्षे सिहं दमाईले अ ारोप लगाएका छन् ।
भग्री भन्दा वित्तिकै चैत्र बेशाखको भोग मेटाउने साधनका रपमा लिने गरेको भए पनि दुइ दशक पछि सो आशा पनि मेटाएर गएको स्थानिय बासकिो भनाइ रहेको छ ।

मासु अन्न आर्थिक उपाउृजनका रपमा लिने गरेको यो ब्यवासया लोप हुदा आर्थिक रपले पनि पछि पदै गएको ब्यवसाययीहरुकले बताए । तिउन (दाल) ले चामल बोकेर ल्षउने गरेको यो ब्यवसाय ला्प हुदा अहिलेका पुस्ताहरले पूर्ण रुपले छोडेकोमा ब्यवासयले दुख प्रकट गरेका छन् ।

दुख भएपनि भेडाबाख्रासंग रमाइलोसंग बषाृका हरिया पालुवासंग तराईमा विताएको जीवनको स्मरण गर्दै ब्यवासयी लक्ष्मण भण्डारी भन्छन् । कहिले रुमा बसेर गति गाएका त कहिले चिसो खाना खाएको त कहिले अछामी महिलासंग देउडा दोहरी गाएको याद छ तर अहिले घरभन्दा बाहिर नजादा सपना जस्तो भएको बताए । बैशाख महिनामा तराई बाट चामल ल्याएर घर आउदा घर परिवार गाउलेहरले भेडा लगाएत बाख्रहरुलाई स्वागत गरेको स्मरण अर्का ब्यवसाय ताक्ला लामाले सुनाए ।

तर पछिल्लो समयमा सरकार ितथा सरोकारवाला निकायाले यो ब्यवसायप्रति ध्यान नदिएकै कारण लोप हुदे गएको लामाले बताए । गाउमा रहेका ३ ,४ घरले ल्याएको चामललले गाउका सवैलाई पैचो तथा उदार दिने अनि काममा सहयोग गर्ने राज्यलाई तिरो तिर्ने लगाएका काममा यो ब्यवसायले धानेको लामाले बताए ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया