नारायणपुर उवासंघको निर्वाचन भदौ ३१ गते हुदै,दुई प्यानलको उमेदवारी दर्ता

तुलसीपुर,२७ भदौ । नारायणपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकालागि यही भदौ ३१ गते निर्वाचन हुने भएको छ । जसकालागि आज मंगलवार उमेद्वारी दर्ता भएको छ । जसमा दुई प्यानलले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका व्यापारीहरुको तर्फबाट प्राजातान्त्रिक व्यवसायिक प्यानल एवं एमाले जनमोर्चा निकट व्यापारीहरुको तर्फबाट संयुक्त व्यवसायिक प्यानल गरि दुई प्यानलले उमेद्वारी दर्ता गराएका छन् ।

प्रजातान्त्रिक व्यवसायिक प्यानलबाट अध्यक्ष महेन्द्रकुमार दाहाल र संयुक्त व्यवसायिक प्यानलको तर्फबाट दोर्ण केसीको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा होमीएका छन् । प्रजातान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष महेन्द्रकुमार दाहाल, उद्योग उपाध्यक्षमा अभियान बस्नेत, वाणिज्य उपाध्यक्षमा तिलकराम पौडेल, महासचिवमा दिपक सुवेदी, सचिवमा तिलबहादुर रोका, कोषाध्यक्षमा बसन्त न्यौपाने, सदस्यहरुमा निमकुमार चौधरी, धरमबहादुर केसी, अनिलकुमार बस्नेत, सनतकुमार आचार्य, मोहनबहादुर न्यौपाने र रेखा खनाल रहनुभएको छ ।

यस्तै संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्ष दोर्णबहादुर केसी, उद्योग उपाध्यक्ष कुलराज खनाल, वाणिज्य उपाध्यक्ष तिलक महरा, महासचिव टिकादत्त खनाल(सागर), सचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निमलाल खनाल, सदस्यहरुमा नारायण भट्टराई, तिलकबहादुर भण्डारी, गणेश भण्डारी, मित्रलाल बस्नेत, प्रकाश सुवेदी, केशरी विष्ट रहनुभएको छ ।

उमेद्वारहरुलाई भोली वुधवार चुनाव चिह्न प्रदान गर्ने निर्वाचन समितिले बताएको छ । नारायणपुर उद्योग वाणिज्य संघमा ४ सय ५८ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७४ भाद्र २७ गते मङ्गलवार
प्रतिक्रिया