२०८३ भाद्र २६ गते शुक्रवार

मेयरको निर्देशनमा ढकना–फुलबारी जोड्ने सडक मर्मत

तुलसीपुर, १६ साउन । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको निर्देशनमा सडक ग्राबेल गरिएको छ । ढकना– फुलबारी जोड्ने सडक बर्षातका कारण हिलाम्य हुँदा आवतजावतमा समस्या भएपछि नगर प्रमुखको निर्देशनमा त्यहाँ ग्राबेल गरिएको हो ।

बिहानै देखि नगरपालिकाका जेसिवी, टिपर प्रयोग गरेर जीर्ण सडक मर्मत तथा ग्राबेल गरिएको तुलसीपुर उपमहानगरपालिका–१३ स्थानीय युवा मोहन पौडेलले जानकारी दिनुभएको छ । यस मर्मतपछि १२ र १३ नम्बर वडाका स्थानीयलाई आवतजावत गर्न सहज हुने भएको छ ।

यसै बिच आजै नगर प्रमुख पाण्डेको नेतृत्वमा सो सडक खण्डको अनुगमण गरिएको छ । अनुगमण टोलिमा तुलसीपर उपमहानगरपालिका नगर प्रवक्ता श्याम डाँगी, १३ नम्बर वडाका निमित्त वडा अध्यक्ष विनोद पाण्डे, यान्त्रीक शाखा प्रमुख केशव डाँगी, मेयरको सचिवालय सदस्य धर्मराज वली लगाएतको सहभागीता रहेको थियो ।

       

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।