मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा प्रकरण मन्त्रालयले छानबिन गर्ने

काठमाण्डौ १६ साउन । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरण युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)को हिजो बसेको कार्यसमिति बैठकले प्रशिक्षकको राजीनामा प्रकरणका लागि छानबिन गर्न मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गका कारण आफुले पदबाट राजीनामा दिने घोषणा गरेपछि विवाद उत्कर्षमा छ ।मुख्य प्रशिक्षकले आफुमाथि संघिन आरोप लगाएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले छानविनको माग गर्दै एन्फामा निवेदन दिनुभएको थियो । बिहिबार मात्र मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्ष र दुई पत्रकारमाथि छानविनको माग गर्दै एन्फामा उजुरी दिनुभएको हो । प्रशिक्षकको राजीनामा प्रकरण र वरिष्ठ उपाध्यक्षमाथिको आरोपबारे छलफल गर्न एन्फाले हिजो आकस्मिक कार्यसमितिको बैठक आह्वान गरेको थियो । एन्फा कार्यसमिति बैठकले घटनाको उच्चस्तरीय छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया