तुलसीपुरमा दिदी बहिनी ब्यूटी पार्लर संचालनमा

तुलसीपुर, १६ साउन । दाङको तुलसीपुरमा दिदी बहिनी ब्यूटी पार्लर संचालनमा आएको छ । करिब साढे ४ लाख लगानीमा तुलसीपुरको बिपी चोक नजिकै दिदी बहिनी ब्यूटी पार्लर संचालनमा ल्याएको संचालक चन्द्रीका पुनले जानकारी दिनुभयो ।

पछिल्लो समयमा महिलाहरु ब्यूटी पार्लर तर्फ आकर्षण भएकै कारण यसको संख्या बढ्न थालेको छ । करिब ३ बर्ष जोडनमा ब्युटी पार्लर व्यसायमा काम गर्नु भएकी पुनले विदेशी भूमि भन्दा नेपालमै केहि गरौ भन्ने सोचका साथ व्यवसाय सुरु गरिएको जानकारी दिनुभयो । यसै बिच दिदी बहिनी ब्यूटी पार्लरको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष वेणु अधिकारीले ब्युटी पार्लरको उद्घाटन गर्दै यो व्यवसाय महिलाहरुका लागि आत्मनिर्भर बन्ने बाटो भएको बताउनुभयो । उदघाटन अवसरमा चेम्बरका अध्यक्ष टोप बहादुर घर्ती, महासचिव प्रेम प्रकाश गिरी, कोषाध्यक्ष सन्तोष खड्का, सदस्य युवराज नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया