लगानी गर्ने वातावरण हुुनपर्ने तुलसीपुरका व्यापारीको माग

तुलसीपुर, १३ साउन । तुलसीपुरका क्षेत्रका व्यापारीहरुले लगानी गर्ने वतारणको अवस्था सृजना गर्न माग गरेका छन । तुलसीपुर चेम्बर अफ कमर्सले दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङलाई गरेको स्वागत तथा भेटघाट कार्यक्रमा बोल्दै व्यापारीहरुले विगत भन्दा तुलनात्मक रुपमा सहज अवस्था भएपनि ढुक्क हुने अवस्था भने नभएको बताउनुभयो ।

पछिल्लो समय प्रशासनिक काम बाह्यक विकास निर्माणका काममा सरिक हुँदा छोटो समयमा प्रमुख जिल्ला अधिकारीले चर्चा बटुलेको भन्दै व्यापारीेलाई सुरक्षीत हुनका लागि खोपको व्यवस्था गरिदिन समेत माग गरेका छन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुङबाङले दाङको शान्ति सुरक्षा र विकासका लागि आफु गम्भिर रहेको बताउनभयो । आफु रहँदासम्म व्यापारीलाई ढुक्क भएर आफ्नो व्यापार व्यवसाय गर्ने वातावरणको अवस्था सृजना गर्ने बताउनुभयो ।

कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालको युवा नेता विनोद शर्मा, नेपाली कांग्रेसका नेता जनकप्रसाद खराल, युवा व्यवसायी बलिराम खत्री, चेम्बरका सचिव ऋषीराज भण्डारी, लगाएतले बोल्नु भएको थियो । चेम्बरका उपाध्यक्ष वेणु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १३ गते बुधवार
प्रतिक्रिया