घोराही–तुलसीपुर फोरलेन सडक : ‘रुख र विद्युतका पोल हटाए १८ महिनामा सडक तयार हुन्छ’

फोटो : शरद रेग्मी

तुलसीपुर, ११ साउन । भारतीय कम्पनी तथ्या इन्जिनीरीङ एण्ड इन्फ्रा प्रोजेक्टकका प्रतिनिधी दोर्ण दुलालले घोराही तुलसीपुर फोरलेन सडक निर्माणका लागि बिचमा पर्ने अबरोध हटाउनुपर्ने बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको छलफलमा दुलालले समयमै सडकको निर्माण कार्य सम्पन्न गर्नका लागि सडकमा पर्ने रुख, विद्युतका पोल, टेलिफोनका तार हटाउनुका साथै ढुङ्गा गिट्टी बालुवा सहज आपूर्तिको व्यवस्था गरिदिन प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्नुभयो ।
प्राविधिक काम सुरु भएको बताउँदै  १८ महिनाभित्र निर्माण कार्य पुरा गर्ने गरी कामलाई अघि बढाउने प्रतिनिधी दुलालले प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले सडक निर्माणका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । दाङको गौरवको विषय भनेको घोराही तुलसीपुर सडक नै भएकाले यसलाई जसरी भएपनि समयमै निर्माण कार्य सम्पन्न गर्नुपर्ने र त्यसका लागि के सहयोग गर्न पर्छ  आफु तयार भएको प्रमुख जिल्ला अधिकारी कुरुङबाङले बताउनुभयो ।

भारतीय कम्पनी तथ्या इन्जिनीरीङ एण्ड इन्फ्रा प्रोजेक्टकका प्रतिनिधी दोर्ण दुलाल

सडक सुधार तथा विकास अयोजना अन्तर्गत बबईखोला देखि तुलसीपुरको हात्तीखौवा चोक सम्मको ३१ किलोमिटर सडक निर्माणका लागि एक अर्ब २० करोड ३९ लाख ६० हजार तीन सय ४४ रुपैयाँ विनियोजन गरिएको छ । ३० महिनाभित्र फोरलेन सडक निर्माण कार्य पुरा गर्नेगरी काम गर्ने भनिएपनि कोरोना महामारी, सडकमा भएका रुख, विद्युतीय पोल, टेलिफोनका पोल तथा तार हटाउनका लागि सम्बन्धित निकायले ढिलाई गरेपछि निर्माणको कामले अपेक्षा गरे अनुसार गतिलिन सकेको छैन ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया