जापानमा भएको ओलम्पिकमा नेपाली झण्डा बोक्न पाउने शाह दाङका

नेपालगंज, ९ साउन । जापानको टोकियोमा सुरु भएको ३२औं गृष्मकालीन ओलम्पिकमा नेपाली झण्डा बोक्न पाउने एलेक्सजेण्डर शाह (एलेक्स) दंगाली हुन भन्दा सायदै धेरैलाई थाहा नहुन सक्छ । तर यो सत्य हो । उनी दाङ्गका प्रतिष्ठित व्यवसायि घरानाका साथै पुराना राजनीतिज्ञ रणबहादुर शाहका नाती तथा सञ्जय शाहका छोरा हुन ।

शुक्रबार सुरु भएको सो ओलम्पिकको औपचारिक उद्घाटनको मार्चपासमा नेपालको राष्ट्रिय झण्डा पौडीका खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोकेका थिए । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

लिंकन स्कूल, काठमाडौंबाट हाईस्कूल पुरा गरेका १८ वर्षिय एलेक्सले फोर्डहम विश्वविद्यालयमा एनसीएएमा पौडीे प्रभाग–१, एनवाईसी मा अध्ययनरत रहेका छन । उनी पौंडी फ्रीस्टाइलमा स्प्रिन्टर, ५० र १०० मिटर मुख्य ईभेन्टका सहभागि हुन ।

उनले ५०, १००, र २०० मिटर फ्रीस्टाइल, साथ साथै ५० र १०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय रेकर्ड होल्ड गरि सकेका छन । भने टोकियो ओलम्पिकमा उनी १०० मिटर फ्रीस्टाइल पौडने छन ।

उनले १४ वर्षको उमेरमा नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय ईभेन्ट सन २०१७ मा जुनियर वर्ल्ड चैम्पियनशिपमा सहभागि भई, राष्ट्रिय रेकर्ड तोडेका थिए ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिवार
प्रतिक्रिया