तुलसीपुरमा कुटानी तथा पिसानी मिल वितरण

तुलसीपुर, ७ साउन । मुख्यमन्त्री ग्रामिण विकाश तथा रोजगार कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा १८ जना युवा उद्धमीहरुलाइ व्यवसाय प्रवर्घन सामाग्रिहरु हस्तान्तरण गरिएको छ । ती सामाग्रिहरुमा वोयर बोका देखि ल्यापटप सम्म रहेका छन् ।

मुख्यमन्त्री ग्रामिण विकाश कार्यक्रमका रोजगार विज्ञ विनोद शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख माया आचार्यको प्रमुख आतिथ्यमा विहिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा भिन्न भिन्न पेसा गर्नकालागी ती सामाग्रिहरु उपलव्ध गराइएको हो । रोजगार प्रवद्र्धनकालागी उपलव्ध गराइएका सामाग्रिहरुमा दाना उत्पादन मेसीन, कुटानी तथा पिसानी मिल, ल्यापटप, डि फ्रिज, क्यामेरा, वोयर बोका, कम्वाइन्ड मील लगायतका छन् ।

सामान वितरण गर्दै प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक मेयर माया आचार्यले प्राप्त सामानहरुको अधिक्तम उपयोग गरी आफ्नो व्यापार व्यवसाय बृद्धिगर्न आग्रह गरीन । सो अवसरमा युवा व्यवसायी खगेन्द्र पोख्रेल, पदम प्रसाद पोख्रेल, तुलसीपुर उपमहानगरपालिकाका स्टोर शाखा प्रमुख मस्त वहादुर थापा लगायतले बोलेका थिए । रोजगार कार्यक्रम सिफारीस समितिका सदस्य पुष्पा लामीछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहजकर्ता श्रीधरराज भण्डारीले गरेका थिए ।

कार्यक्रम लुम्विनी प्रदेशका वाह्रवटै जिल्लामा लागु भएको छ । तुलसीपुर उपमहानगरपालिकामा पनि यो गत आर्थिक बर्षदेखि यो कार्यक्रम सन्चालनमा आएको बताइएको छ । यसकालागी मुख्य मन्त्री ग्रामिण विकाश कार्यक्रम मुख्य मन्त्री परीषदको कार्यालयले ८० लाख रुपैया विनियोजन गरेको थियो । सो कार्यक्रम अन्तर्गत कपाल काट्ने तालिम देखि थाकलका व्याग र पर्श बनाउने तालिम लगायतका विभिन्न शिपमुलक तालिम तुलसीपुर मेट्रो कलेजमा सन्चालन गरिएको थियो ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया