शरद रेग्मी , तुलसीपुर २३ भदौ । नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न उपसमितिमा मनोनित सदस्यहरुलाई आज शुक्रवार एक कार्यक्रमका विच तुलसीपुर उद्योग वाणिज्य संघले स्वागत एवं वधाई ज्ञापन गरेको छ । वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा निर्यात प्रवद्र्धन समितिका सदस्यहरु सुदिप श्रेष्ठ , खुशल राम शर्मा, जनक वहादुर रावत र डम्बर वहादुर डांगीलाई वाणिज्य संघले वधाई ज्ञापन गरेको हो ।
त्यसै गरी घरेलु तथा साना उद्योग समितिका सदस्य राजेन्द्र कुमार श्रेष्ठ, व्यापार मेला तथा महोत्सव समितिका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ र स्थानिय आर्थिक विकास समितिमा मनोनित हुनु भएका विमल पौडेललाई वाणिज्य संघले स्वागत गरेको हो ।
कार्यक्रममा वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल,संघका सल्लाहकार नारायण प्रसाद खनाल, कानूनी सल्लाहकार प्रवीण लम्साल लगायतले बोल्नुभएको प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभएको छ ।
उपाध्यक्ष मिनराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसे र सहजीकरण महासचिव रुप वहादुर खत्रीले गर्नुं भएको थियो ।