डेनमार्कलाई पराजित गदै इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

काठमाण्डौ, २४ असार । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो।ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।

इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ ।वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो ।कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गर्नुभयो । त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन ।३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो । इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गर्नुभयो । ९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा केनले विजयी गोल गर्नुभयो । १०४औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । केनको पेनाल्टी प्रहार डेनिस गोलकिपर क्यासपर स्माइकल्से बचाएका थिए तर रिबाउण्डमा केनले गोल गर्नुभयो । पहिलो पटक फाइनल पुगेको इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्नेछ ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार
प्रतिक्रिया