२०८३ असार ११ गते बिहिवार

तिन जना सुरक्षा प्रमुखको चर्चा

एक हप्ता अघि दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको सरुवा भईसकेपछि उहाको ठाउँमा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा राम बहादुर कुरुङवाङ आउनुभयो । उहा आएको भोलिपल्ट घोराही तुलसीपुर सडकखण्ड अन्र्तगत पर्ने पत्रेखोलाको अनुगमन भयो । अनुगमनका क्रममा उहाले पत्रेखोलामा समयमै पुल नबन्दा नागरिकले पाएको सास्तीका बारेमा पहलकदमी चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यसपछि उहाको चर्चा सुरु भयो । नयाँ सिडियोका रुपमा आउनु भएका कुरुङवाङले चासो देखाउदा उहाको चर्चा पनि भयो । अहिले उक्त पुलको कजवे मर्मतको काम सुरु भएको छ । यद्यपी सडक डिभिजन कार्यालय दाङले आफुहरुको कार्ययोजना अनुसार कजवे मर्मतको काम सुरु भएको बताएको छ ।

यस्तैगरी जिल्ला प्रहरी प्रमुख गणेस चन्दको सरुवा भएपछि उहाको ठाउँमा अहिले नयाँ एसपी सुरेस काफले आउनु भएको छ । उहा आएको केहि दिनमै विभिन्न समयमा मोटरसाईकल चोरी गर्ने आठ जना गिरोहलाई १३ वटा मोटरसाईकल सहित पत्रकार सम्मेलन गरी सर्वाजनिक गरियो । यो विषय पनि चर्चाको विषय बन्यो । चोरी भएका मोटरसाईकल भेटिए ।यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहको सरुवा भएको हप्ता दिन पछि नयाँ डिएसपीका रुपमा श्यामु अर्याल आउनु भयो । उहा तुलसीपुरको डिएसपीका रुपमा आएको केहि दिनमै तुलसीपुर ९ कट्कुईयाँबाट पाँच जना जुवाडे एक लाख बढि नगद सहित समातिए ।

त्यसपछि तुलसीपुरमा प्रहरीको चर्चा सुरु हुन थाल्यो । अहिले नयाँ डिएसपी आएका छन् रे त्यहि भएर जुवाडेहरु समातिए । डिएसपी अर्याल आए लगतै उनीहरु समातिए पछि चियागफमा गफिनेहरुलाई यो कुनै नौलो कुरा लागेन तर पनि उनीहरुले डिएसपी फेरिनै बित्तिनै नयाँ आउने जोसुकैले पनि कडा गरिहाल्छनी भन्दै थिए । यो सुरु सुरुमा मात्रै हो पछि त यस्तै त होनी ? उनीहरुको आशय थियो जो सुकै सुरक्षा प्रमुखले पनि सुरुमा मात्रै नभई आफुहरुको कार्य अवधी सम्म यसैगरी निरन्तर कडाई गरे राम्रो हुने थियो ।

यसरी जिल्लामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षाकर्मी आएसंगै नागरिकले थप नयाँ काम र भरपर्दो सुरक्षाको अपेक्षा गरेका हुन्छन् । तर सुरुमा निकै कडा रुपमा प्रस्तुत हुने र विस्तारै कडाई गर्न छाड्ने प्रबृत्तिले गर्दा नयाँ आउने प्रमुखहरुको विश्वसनियता माथी प्रश्न उठ्ने गर्दछ । त्यसैले सुरक्षा निकायका प्रमुखहरुको सरुवा वा बढुवा हुने कुरा एउटा प्रक्रिया नै हो । तर उनीहरुले गर्ने काम र कार्यशैली प्रमुख कुरा भएकाले प्रभावकारी भुमिका निर्वाहमा ध्यान दिनु जरुरी छ । ताकी एक छिनको चर्चा र तारिफ नभई सधैभरीको प्रशंसयोग्य रहि रहोस् ।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया