बहिनीसंग बाख्रा चराउन गएकी बालिकाको हत्या

सप्तरी, ५ असार । सप्तरीमा नौ वर्षीया बालिकाको हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।

परिवारका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएकी शिवानीको हत्या भएको स्थानीयवासीले बताएका छन् ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र त्यसलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया