विश्व बैंकले नेपाललाई १७अर्ब ८० करोड ऋण दिने

काठमाण्डौ, ३ असार । विश्व बैंकले नेपाललाई झन्डै १७अर्ब ८० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । कोरोनामहामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्नका लागि विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात् १७अर्ब ७८ करोड नेपालीरुपैयाँ ऋण उपलब्ध गराउने भएको हो ।

विश्व बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको विश्व बैंकको नेपाल स्थित कार्यालयले जनाएको छ । ऋण सहायताका रुपमा प्राप्तहुने यो रकम नेपालमा कोभिड महामारीको पुनरुत्थान, जोखिमपूर्ण वर्गको सुरक्षा तथा दिगो विकासको प्रयोजनमा खर्च हुने बताईको छ ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया