तुलसीपुर, २ असार । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बर्षातको समयमा सतर्क रहन आग्रह गर्नुभएको छ । सामाजिक संजाल फेसवुक मार्फत नगर प्रमुख पाण्डेले केहि दिनयतादेखि लगातार बर्षात भइरहेका कारण खोला र नदीमा पानीको बहाब बढ्न थालेकाले खोला छेउँछाउँ र संभावित डूबान क्षेत्रमा बसोबास गरेका नगरबासीलाई सतर्क र सजग हुन आग्रह गर्नुभएको हो ।
खेतिपाती गर्ने र काम विशेषले घरबाहिर जाँदा, हिडडुल गर्दासमेत विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ । त्यसैगरी नगर प्रमुख पाण्डेले बाढी पहिरोको समस्यामा परेका जुनसुकै नागरिकले कुनै सहायता आवश्यक परेमा नजिकको प्रहरी, वडा कार्यालय र जनप्रतिनिधीहरुलाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका ६ नम्बर वडा तयारी अवस्थामा
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले अविरल बर्षातका कारण कहिकतै समस्या परेमा सम्पर्क गर्न आग्रह गरेको छ । बर्षात, डुबान, बाढि पहिरोका कारण कहिकतै घर, गोठ भत्किएमा, कुलानाला थूनिएमा र भौतिक संरचना क्षेतिपुगेमा डोजरको व्यवस्था गरेकाले ९८५७८२१०९१, ९८५१२४४३0५ सम्पर्क गर्न वडा सदस्य दुजमान भण्डारी (बर्षातले) जानकारी दिनुभयो ।





