किराना पसलमा हुने रक्सी बिक्री बन्द गर्नुपर्छ – व्यवसायी

तुलसीपुर, १ असार । किराना र मासु पसलमा हुने रक्सी बिक्रीलाई रोक्नुपर्ने व्यवसायीले माग गरेका छन् । आगामी बर्षका लागि ल्याउन लागिएको नीति तथा कार्यक्रमको पुर्वसन्ध्यामा तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा व्यवसायीले यस्तो माग गरेका हुन । अन्तशुल्को अनुमति लिएकालाई मात्रै रक्सी बितरण गर्न दिनुपर्ने बताउँदै उनिहरुले किराना पसल र फ्रेस हाउसमा हुने रक्सी बिक्रीलाई बन्द गर्नुपर्ने बताएका छन ।
किराना व्यवसायीले सोही पसलबाट रक्सी बितरण गर्दा राजश्वमा कमि आउँने बताउँदै उनिहरुले अनुगमण र नियन्त्रणलाई प्रभाकारी बनाउनु पर्ने बताए । गाउँघरमा पनि ठूलठूला व्यवसायहरु संचालनमा आएकाले उनिहरुलाई पनि करको दायरमा ल्याउनु पर्नेमा जोड दिएका छन । तुलसीपुर र बिजौरीलाई मात्रै बजार नमानेर गाउँ–गाउँमा पनि ठूलठूला व्यवसायहरु संचालनमा आएकाले उनिहरुलाई पनि करको दायरामा ल्याउनु पर्ने बताए । करछली गर्नेलाई करको दायरामा ल्याउनु पर्ने र अन्य व्यवसायलाई तत्कालका लागि करको दायरा नबढाउन व्यवसायीले आग्रह गरे ।
सो अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले दुग्धजन्य डेरी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताउँदै व्यवसायीका सकारात्मक सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने बताउनु भयो ।
सो अवसरमा तुलसीपुर उपमहागनरपालिका उप प्रमुख माया शर्मा, तुलसीपुर उपमहानगर पालिका आर्थिक समितिका संयोजक माधव वली, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष वेणु अधिकारी, उद्योगपति धनेश्वर वली, बिजौरी उद्योग बाणिज्य संघका महासचिव विदुर गौतम, व्यवसायी खुम बहादुर केसी, ऋषीराज गुरु, दयाराम पौडेल, जागेश्वर भण्डारी, पशु अधिकृत सुवाश आचार्य लगाएतले आआफ्ना धारना राखेका थिए । सुझाव संकलन तथा छलफल कार्यक्रम नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया