तुलसीपुर बजार खुल्याे तर किनमेल गर्ने मान्छे छैनन्

तुलसीपुर, २६ जेठ । डेढ महिनापछि तुलसीपुर बजार खुलेको छ । कोरोना महामारीका कारण बन्द भएका दाङका सबै पसलहरु आजदेखि खुलेका छन् । सिनेमाहल, होटेल, रेष्टुरेन्ट, सैलुन, चियापसल, खाजाघर भने बन्द रहने जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक दिर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।

यस अघि खाद्यन्न, औषधी पसल, एग्रोभेट, फलफुल, तरकारी, बैंकहरु मात्रै दैनिक दुई घन्टा खुल्दै आएका थिए । आजबाट भने बिहान ६ बजेदेखि १० बजेसम्म प्रतिबन्ध लगाएका पसल बाह्यक सबै पसलहरु खुलेका छन् । बैशाख १६ देखि लकडाउनको चपेटामा परेका व्यवसायीहरु चार घन्टा भएपनि पसल खोल्न पाउँदा खुशी भएको खड्का फेन्सी स्टोरका प्रो पाईटर टेक बहादुर खड्काले जानकारी दिनुभयो ।

‘चुनौति त छदैंत तै पनि खोल्ने अनुमति पाएपछि सुरक्षा मापदण्ड अपनाएर खोल्नु पनि पर्यो । घरको भाडा तिर्नुपर्ने होला त्यसका लागि पनि बिक्री वितरण भयो भने सजिलो पनि होला ।’ खड्काले भन्नुभयो । बजार खुलेपिन सामान किनमेल गर्ने नागरिकहरूकाे चहलपहल भने देखिदैन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया