आयन निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायो ,पेट्रोल १२५ रुपैयाँ लिटर

काठमाण्डौ, २३ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य २र२ रुपैयाँका दरले बढाएको छ । शनिवार राति १२ बजेपछि लागू हुने गरी मुल्य बढेको हो ।अब प्रति लिटर पेट्रोलको मूल्य एक सय २५ रुपैयाँ, डिजेल र मट्टीतेलको एक सय आठ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

ुस्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको छ, निगमले भनेको छ ।पछिल्लो पटक निगमले गएको जेठ २ गते मूल्य बढाएर पेट्रोलको एक सय २३ रुपैयाँ, डिजल र मट्टीतेलको एक सय ६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ पुर्याएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया