वडा सरकार अबत केहि गर

तुलसीपुर, ४ जेठ ।देश नै यतिवेला कोरोनाको चपेटामा छ । पहिलो चरणको कोरोना भाईरस संक्रमण भन्दा दोस्रो लहरको कोरोना संक्रमणले बढि प्रभावित बनाएको छ । अहिले दैनिक जसो संक्रमणदर र मृत्युदर बढ्दो छ । यसको रोकथाम तथा नियन्त्रणका लागि संघिय सरकार र स्थानिय सरकारले ढिलैगरि थालेको प्रयास प्रशंसा योग्य देखिएको छ । जिल्लाका पालीकाहरुले अक्सीजन सहित आईसोलेसन तयार पारेका छन । दाङको पश्चिम क्षेत्र हापुरे देखि लमही क्षेत्र सम्मका पालीकाले आईसोलेसन बनाएका छन । ती पालीकाका आईसोलेसनमा अहिले विरामीले सेवा लिईरहेका छन । यद्यपी अक्सीजन लगायतको सुविधाको अभावमा विरामी छटपटाएको अवस्था छ ।

कोरोना संक्रमित गम्भिर प्रकृतिका विरामीलाई अनिवार्य आवश्यक पर्ने अक्सिजन अहिले दाङ सहित देशभर चरम अभाव छ । तर यसका लागी जनताको नजिकको सरकार स्थानिय सरकारले आफ्नो भए जतिको हरप्रयास गरीरहेको पाईन्छ । यसरी पालीका स्तरमा भएको योे भुमिकाको राम्रै मुल्याकन भैरहेको बेला वडा सरकार भने निदाएको देखिन्छ । जिल्लाका दश पालिकाका एक सय वटा वडा सरकार छन् । सबै वडा सरकारको खटन पटन प्रभावकारी देखिदैन ।उनीहरु उल्टै सरकारले केहि गर्न सकेको छैन भन्ने प्रतिक्रिया दिएर बसेका छन् ।

तिन तहको सरकार मध्ये स्थानियको बलियो आधार वडा सरकारनै मानिन्छ । प्रत्यक्ष नागरिक संग जोडिने भनेका वडाका जनप्रतिनिधि र वडा सरकार हो ।अझ भन्नुपर्दा यस्को चपेटामा ग्रामिण स्तरका नागरीकहरु परेका छन । घरैपिच्छे ज्वरो,रुघाखोकीका विरामीहरु देखिन्छन । वडाका जनप्रतिनिधि नागरिकको घर आँगनमा छन् । न चेकजाच छ न कसैको सल्लाह छ । तर पनि ग्रामणि भेगका नागरिकले आफ्नो दैनिकी चलाएकै छन । यो अवस्थामा उनिहरुलाई भगवानकै भरोसा छ । उनिहरुको घरदैलोमा पुग्दैन वडा सरकार, न कुनै अन्य निकाय । आपत विपतमा हौसलाले ठुलो मद्दत गर्ने भएपनि त्यो हुन सकेको छैन । तर नागरीकहरु वडा सरकारलाई खोजेको छन । कोरोनाको चेकजाच देखि लिएर हरेक समस्याको समाधान चाहेका छन नागरीकले ।

यसका लागि केहि वडाको भुमिका राम्रो देखिएपनि अधिकाशं वडा सरकारलाइ भेट्न मुस्कील छ । यति मात्रै हैन । ग्रामिण भेगमा हरेक घरमा दिर्घरोगी छन । उनिहरुलाई हप्तै पिच्छे औषधि सेवन गर्नुपर्छ । लकडाउनको समयमा एक पत्ता औषधि लिन पाँच सय सम्म तिर्नुपर्ने अबस्था छ । त्यो पनि मुस्कील छ । गाँउका श्वास्थ्य संंस्थाले विरामी छुन मान्दैनन् । लामो समय देखि प्रेसर, सुगर जस्ता रोगहरुको जाचँ गराउन पाएका छैनन । जसले गर्दा दिर्घरोगीमा झन बढि समस्या निम्तिने खतरा छ । तसर्थ यी यावत समस्या बारे केहि न केही जानकारी दिन सके जनताले अभिभावक भएको महशुस गर्थे होलान । जसरी पहिलो चरणको कोरोना महामारीका खटिएका थियौं, त्यसरी नै वडा सरकार भएको महुशुस गराउन अव त केही गर ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार
प्रतिक्रिया