पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाडौंले हात पा¥यो

काठमाण्डौ, २ जेठ । काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि जितेको छ । शनिवार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गर्नुभयो ।मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गर्नुभयो। यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गर्नुभयो ।

उहाँ प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बन्नुभयो ।निर्णायक गोलबाहेक दुबै टिमले गोलको थुप्रै अवसर पाएका थिए । तर, गोल गर्न सकेनन् ।खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया प्लेयर अफ दि म्याच चुनिनुभयो । उहाँले २५ हजार नगद पनि प्राप्त गर्नुभयो ।यस्तै इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिनुभयो । उहाँले १० हजार नगद प्राप्त गर्नुभयो ।पहिलो संस्करणको उपाधिसँगै काठमाडौंले ३५ लाख नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको धनगढीले १५ लाख नगदमा चित्त बुझाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया