अझै तीन वटा पालिकामा बैंक पुग्न सकेन

काठमाण्डौ, २ जेठ । देशभरका ७५३ पालिकामध्ये अझै तीन वटा पालिकामा बैंक पुग्न सकेको छैन । सबै पालिकामा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना अनुरुप अझै तिन वटा पालिकामा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् ।नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

केन्द्रीय बैंकले कूल ७५३ पालिकामध्ये ७५० पालिकामा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ पालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए भने २०७७ को चैत मसान्तसम्म भने ७५० पालिकामा शाखा खुलेका छन् ।बाँकी रहेका पालिकामा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया