बुटवललाई हराउँदै ललितपुर एफसी नेपाल सुपर लिगको एलिमिनेटरमा

काठमाण्डौ, ३० बैशाख । नेपाल सुपर लिग (एनएसएल) फुटबल लिगमा ललितपुर सिटी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । दोस्रो प्लेअफ अन्तर्गत बुधवार भएको खेलमा ललितपुरले बुटवललाई एक–शून्यले हराएको हो ।ललितपुरका लागि अन्जन विष्टले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै ललितपुर एलिमिनेटरमा पुगेको छ । अब ललितपुरले फाइनल प्रवेशका लागि एलिमिनेटरमा काठमाण्डौ रेजर्ससँग खेल्नेछ ।

पहिलो प्लेअफमा धनगढी फुटबल क्लबसँग पराजित भएको काठमाण्डौले फाइनल प्रवेशको अर्को मौका पाएको हो । धनगढी भने फाइनलमा पुगिसकेको छ ।ललितपुर र काठमाण्डौबीचको खेल बिहीवार हुनेछ, खेलको विजेताले फाइनलमा धनगढीसँग खेल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही एक लाख रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार
प्रतिक्रिया