आफुहरु विद्यालय नजाने भन्दै निर्णय पुर्नर बिचार गर्न शिक्षक संगठनहरुको माग

तुलसीपुर, ९ बैशाख । विद्यालयमा अनिवार्य उपस्थित हुने निर्णयलाई पुर्नर विचार गर्न माग गर्दै विभिन्न शिक्षक संगठनले तुलसीपुर उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारीको जोखिम बढेकाले विद्यालयमा उपस्थित भई वैकल्पिक शिक्षण विधिद्धारा पठनपाठन गराउन कठिनाई भएकाले निर्णय पुर्नरबिचार गर्न माग गर्दै शिक्षक संगठनहरुले नगर प्रमुख घनश्याम पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

बैशाख ६ गते शिक्षकहरुलाई विद्यालयमा अनिवार्य उपस्थित भएर विद्यार्थीको सम्पर्कमा रहेर वैकल्पिक शिक्षण सिकाईका माध्यमबाट पढाउने र सोको प्रतिवेदन साप्ताहिक रुपमा शिक्षा महाशाखामा बुझाउन उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई सार्वजनिक रुपमा सूचना जारी गरेको थियो ।

ज्ञापनपत्र बुझाउनेहरुमा तुलसीपुर शिक्षक महासंघका अध्यक्ष ढक बहादुर वली, जिल्ला शिक्षक महासंघ दाङका सचिव नवराज डाँगी, नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुरका अध्यक्ष पदम बहादुर वली, नेपाल शिक्षक संघका अध्यक्ष लेबेन्द्र केसी, एकीकृत अखिल नेपाल शिक्षक संगठन तुलसीपुरका अध्यक्ष पूर्ण पुन, अखिल नेपाल शिक्षक संगठन तुलसीपुरका अध्यक्ष मेघराज घिमिरे, अखिल नेपाल शिक्षक संघ तुलसीपुरका अध्यक्ष तुलसी प्रसाद भण्डारी, महासंघ सदस्य घनश्याम आचार्य लगाएतका संगठनहरुले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन अन्य विद्यालयका प्रधानाध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया