पुरानो सोच र कामले नयाँ काम हुनसक्दैन : नगर प्रमुख पाण्डे

तुलसीपुर, ९ बैशाख । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले पुरानो सोच, बिचार र कामले नयाँ काम हुन नसक्ने बताउनु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो चौमासीक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आगामी दिनमा योजना तर्जुमा गर्दा छलफल र बहसका माध्यम मार्फत योजना बनाउनु पर्ने बताउनुभयो ।

योजना तर्जुमा गर्दा त्यसको आवश्यकता, दिगोपन हुनेगरी गर्नुपर्ने बताउँदै खर्चका लागि खर्चभन्दा पनि उपलब्धीका हिसावले प्रभावकारी हुनेगरी काम छनौट गर्नुपर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो । समिक्षा बैठकमा उपमहानगरपालिकाका १९ वटा वडाका वडा सचिवहरुले ८ महिनामा गरेका गतिविधिको प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता सुर्य बहदुर डाँगी(श्याम) प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतम, योजना अधिकृत अनन्त गौतम लगाएतले आगामी दिनमा योजना तर्जुम गर्दा वुद्धिमतापूर्वक योजना छनौट गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया