अग्नि पिडितलाई राहात स्वरुप नगद दशहजार सहयोग

भैसाहीनाका,  बैशाख / गौरीशंकर मावि भैसाही नाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण रोकाले अग्निपिडितलाई राहात स्वरुप दश हजार नगद सहयोग प्रदान गर्नुभएको छ ।

शुक्रवार रोकाले भैसाही नाका र खिड्की नाकाका दुईजना अग्निपिडितलाई पाँच पाँच हजारको दरले राहात स्वरुप नगद दशहजार सहयोग प्रदान गर्नुभएको हो ।

गत आइतवार बाइस गते दिउसो तिनबजे भिमबहादुर खड्का र गत शनिवार उन्तिस गते दिउँसो एकबजेको समयमा शसराराम रान मगरको घरमा आगँलागी भएर घर जलेका हुन् ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया