तुलसीपुरलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नुपर्छ : मेयर पाण्डे

तुलसीपुर चेम्बरको शुभकामना आदानप्रदान कार्यक्रम

तुलसीपुर, २ बैशाख / तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रलाई नेपालकै पहिलो व्यापरिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको छ । नया बर्षको अवसरमा  तुलसीपुर चेम्बर अफ कमर्सले आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

व्यवसायीक एकता गरेर तुलसीपुर क्षेत्रलाई आर्थिक, व्यापारिक, व्यवसायीक, औधोगिक क्षेत्रका रुपमा विकास गर्नका लागि चेम्बरले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । व्यवसायमा लगानी अझै बढाउन आग्रह गर्दै उहाँले सफल व्यवसायका रुपमा स्थापित हुनका लागि योजना र पलान गराएर अघि बढ्न सुझाव दिनुभयो ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातान्त्रिक उद्योग व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल, राष्ट्रिय बाणिज्य संघ तुलसीपुरका महासचिव शेवकराम भण्डारी, तुलसीपुर उद्योगबाणिज्य संघका सल्लाहकार मिनराज वली, चेम्बका सल्लाहकार बलिराम केसी लगाएतले बोल्नु भएको थियो ।

क्यालेण्डर प्रकाशन समितिका संयोजक ऋषीराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण चेम्बरका महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।

भिडीयाे हेर्न तल क्लिक गर्नुहोस  

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया