नेपालमा ८० अर्बको सवारीसाधन र पार्टपुर्जा आयात

काठमाडौं । नेपालमा सवारीसाधन र पार्टपुर्जाको आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ८० अर्ब ४४ करोड रुपैयाँको सवारी तथा पार्टपुर्जा भित्रिएका छन् ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ८.५ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा ७२ अर्ब ८१ करोड सवारी तथा पार्टपुर्जा नेपाल भित्रिएको थियो ।

नेपालमा सबैभन्दा बढी सवारी भारतबाट आयात हुन्छ । ८ महिनाको अवधिमा भारतबाट ६६ अर्ब ३१ करोड रुपैयाँको सवारी, पार्टपुर्जा र टायर ट्युव भित्रिएको छ । यस्तै चीनबाट ३ अर्ब ५ करोड, अन्य मुलुकबाट ६ अर्ब ६४ करोड रुपैयाँको सवारी र पार्टपुर्जा भित्रिएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया