संकटमा परेको शील्पी पेसालाई आधुनिकरण गर्नुपर्छ : मेयर पाण्डे

तुलसीपुर,३० चैत । नेपाल राष्ट्रिय खुकरी तथा कृषि औजार निर्माण ब्यबसायी समिति केन्द्रिय कार्यालय तुलसीपुर दाङको कार्यालय उद्घाटन गरिएको छ । समितिका अध्यक्ष बिक्रम बिकको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख अतिथित्य तथा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतको बिशिष्ठ आथित्यमा कार्यालयको तुलसीपुरमा उद्घाटन गरिएको हो ।

सम्बोधन गर्नुहुदै नगरप्रमुख पाण्डेले परम्परागत सीपलाई आधुनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि आबश्यक पर्ने बजेट उपलब्ध गराउने समेत उहाले प्रतिबद्धता जनाउनुभयो । मानव अधिकार शान्ति समाजका केन्द्र्र्रिय बरिष्ठ उपसभापति एब पत्रकार सुशील बस्नेतले शील्पी समुदायको सीप र क्षमतालाई आधुनिकरण गरि बजार ब्यबस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । तर उत्पादन गरिएका बस्तुले उचित मूल्य पाउन नसकेको गुनासो सुन्नमा आईरहेको बताउनुभयो ।

तुलसीपुरको गणेशपुरमा आरन पेशा सञ्चालन गर्दै आउनुभएका चैतु विकले आरन पेसाप्रतिको आकर्षण घटदै गएको हुदा युवाहरुलाई आबद्ध गराउन राज्यले योजना ल्याउनुपर्ने सुझाब दिनुभयो । त्यसका लागि राज्यले यसलाई आधुनिकरण गर्नुपर्ने बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नम्वर ९ मुकुनडाँडामा आरन पेशा गर्दै आएका निमबहादुर बिकले जातिय छुवाछुतको अन्त्य गर्दै आरन पेसालाई सम्मानजनक ब्यबहार गर्न सके युवाहरुको आकर्षण बढ्न सक्ने बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका सुचना अधिकारी बिक्रम केसी, घोराही उपमहानगरपालिका वडा नम्वर १ का वडा सदस्य जिवा सुनार,समाजसेवी यामेन्द्र वली,राष्ट्रिय जनुमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष ठाकुर रोका,बिश्वकर्मा समाजका मानबहादुर गोल्डस्मीथ,न्यू दिपज्योति टोलबिकास संस्थाका अध्यक्ष नेत्रमणी डिसी, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । शील्पी कलामा लामो समयदेखि योगदान पु¥याउदै आउनुभएका जेष्ठ नागरिक मणीराम बिक, कार्यालय सञ्चालन तथा ब्यस्थापनमा योगदान पु¥याउनुभएकी कम्बेली बिक(कमली),सञ्चार क्षेत्रबाट योगदान पुरयाएको भन्दै धनराज बिश्वकर्मा,कार्यालय सहयोग गंगा परियार लगायतलाई सम्मान गरिएको थियो ।
स्वागत मन्तब्य बिपना श्रीपाईलीले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण धनराज बिश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया