कोईलाबास नाकालाई छोटी भन्सार बनाउनुपर्छ : न्यायाधिश अंसारी

तुलसीपुर, २० चैत्र । उच्च अदालत तुलसीपुरका न्यायाधिश नसरुल्लाह अंसारीले कोइलाबास नाकालाई छोटी भन्सारको रुपमा विकास गर्नु पर्ने बताउनु भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको पद हस्तान्तरण तथा सफथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधिश अंसारीले यस्तो बताउनु भएको हो । कुनै बेला साविकको राप्ती अंचलका पाँच जिल्लाका नागरिकलकाई नुन, तेल र लत्ताकपडाले जोडेको कोइलाबास नाका अहिले खण्डहर जस्तै भएको बताउँदै उहाँले आर्थिक विकाससंग जोड्न र विकासका लागि नाकालाई छोटी भन्सारका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उद्योग धन्दा कलकारखाना संचालन गर्नका लागि सडक, विद्युत र त्यहाँको समुदायको सहयोगको अति आवश्यक हु्ने भएकाले यस तर्फ पनि समन्वय गरेर लगानीको बातावरण मिलाउन चेम्बरलाई आग्रह गर्नुभयो ।

‘विकासको नाममा विनास ग¥यो भनेर अहिले अदालतमा उद्योगका विरुद्धमा मुद्दाको चाङ छ ,’ न्यायाधिश अंसारीले भन्नुभयो– ‘स्वास्थ्यलाई पनि जोगाउनु प¥र्यो । उद्योग पनि चल्नुप¥र्यो । समुदायको सहयोग भएन भने लगानी हुँदैन । लगानी नभए उद्योग खुल्दैनन् । उद्योग नखुले समृद्धिको ढोका खोल्ने विकासले गतिलिदैन ।’

निर्वाचन अधिकृत सुनिल धितालको अध्यक्षतामा भएको कार्यक्रमा नव निर्वाचित पदाधिकारीहलाई पद हस्तान्तरण तथा सफथ ग्रहण गराइएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जनक खराल, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती लगाएतले बोल्नु भएको थियो । चेम्बरका उपाध्यक्ष वेनु अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव प्रेम प्रकाश गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया