तुलसीपुर चेम्बरको होली मिलन कार्यक्रम सम्पन्न

तुलसीपुर, १६ चैत्र । तुलसिपुर चेम्बर अफ कमर्सको आयोजनामा होली मिलन तथा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभगी बक्ताले रङहरुको पर्व होलीलाई आपसी सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।

चेम्बरका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा एवं प्रजातान्त्रिक उद्योगी व्यवसायि संघका अध्यक्ष जनक प्रसाद खरालको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा दाङ जिल्ला पुस्तक तथा स्टेसनरी व्यवसायी समितिका नव निर्वाचित कार्यसमिति तथा दाङ हार्डवयर व्यवसायी संघका नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।

स्टेसनरी व्यवसायी समितिका अध्यक्ष शंकर शर्मा, पुर्व अध्यक्ष निर्मल कुमार आचार्य, सहयोगि साकोसका सचिव दुर्गा प्रसाद शर्मा, दाङ हार्डवेर व्यवसायी संघका अध्यक्ष गोकर्ण प्रसाद गिरीलाई स्वागत तथा सम्मान गरिएको हाे । भुमा चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन चेम्बरका माहासचिव प्रेम प्रकाश गिरीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया