तुलसीपुर उद्योग वाणिज्य संघको पद हस्तान्तरण

तुलसीपुर,१२ साउन । तुलसीपुर उद्योग वाणिज्य संघको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ । गत असार ३१ गते सर्व सम्मत नेतृत्व चयन गरीएको थियो । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सपथ तथा प्रमाणपत्र प्रदान गरीएको छ । निर्वाचन समितिका संयोजक प्रविण लम्सालले सपथ खुवाउनु भएको थियो ।

संघको अध्यक्षमा बिर बहादुर रावत विरु निर्वाचित हुनु भएको हो । त्यस्तैगरी संघको बाणिज्य उपाध्यक्षमा राम प्रसाद चालिसे , खुल्ला उपाध्यक्षमा मिनराज भण्डारि ,महासचिवमा रुपबहादुर खत्रि , कोषाध्यक्षमा डिल्ली बहादुर वलि , सचिवमा बिनिल केसी र सहकोषाध्यक्षमा देवबहादुर केसी निर्विरोध निर्वाचित हुनु भएको हो । त्यसैगरि सदस्यहरुमा एशोसियट सदस्यमा यज्ञबहादुर केसी , महिला सदस्यमा सपना वस्नेत र पवित्रा केसी तथा खुल्ला सदस्यमा टेक प्रकाश केसी , सुनिल आचार्य , तुले दमाई , हेमेन्द्र खडका र हेमराज गौतम रहनु भएको छ ।

निवर्तमान अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत तुलसीपुरका न्यायधिस श्रीमण कुमार गौतमले भाषण गर्नु भन्दा पनि कामलाई तिव्रता दिनु पर्ने बताउनु भएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै सफल कार्यकालका लागी सुरु देखी नै व्यवस्थित गर्न सके अन्त्य सम्म सफलता प्राप्त गर्न सकिने बताउनु भएको छ । साथै उहाले उच्च अदालत तुलसीपुरमा हुनु गौरवको कुरा भएको बताउदै दाङ राजधानी बन्ने सम्भावना भएको बताउनु भएको छ ।

त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य धुव्रराज भारीले उद्योगी व्यापारीहरुको हितका लागी काम गर्न आग्रह गर्नु भयो । तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई व्यवस्थित र हरियाली बनाउनका लागी सवैको सहयोगको आबश्यक पर्ने बताउनु भएको छ । दाङलाई समृद्धि तथा तुलसीपुर वजारलाई देशकै नमुना योग्य बनाउन लागी उत्पादन ,वजार विकास र सेवा क्षेत्र गरी यती तिन कुरा अति महत्वपुर्ण रहेको बताउनु भएको थियो ।

प्रकाशित मिति : २०७४ साउन १२ गते बिहिवार
प्रतिक्रिया