तुलसीपुर प्राधिकरणद्धारा योजनाको अनुगमण

तुलसीपुर, १ चैत्र । तुलसीपुर विकास प्राधिकरणले विभिन्न वडामा सुरु गरेका योजनाकोको अनुगमण गरिएको छ । प्राधिकरण अन्तर्गत वडाहरुमा भइरहेको सडक कालोपत्रेको अनुगमण गरिएको तुलसीपुर उपमहानगरपालिका मेयर सचिवालय सदस्य धर्म वलीले जानकारी दिनुभयो ।

नगर प्रमुख घनश्याम पाण्डेको नेतृत्वमा उपमहानगरका २, ८ र ९ नम्बर वडाकामा निर्माण भइरहेका र सम्पनन भएका कालोपत्रे सडक योजनाको अनुगमण गरिएको हो । अनुगमणका क्रममा उपभोक्ताहरुले कालोपत्रे गर्ने कामलाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

अनुगमण टोलीमा प्राधिकरणका सदस्य सचिव इन्जिनियर पवन योगी, सदस्य नहकुल केसी, मेघराज भुसाल, यान्त्रीक शाखा प्रमुख केशव डाँगी, तुलसीपुर उपमहागनरपालिका–३ का वडाध्यक्ष विजय विक, ९ नम्बर वडाअध्यक्ष घनश्याम ढकाल लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार
प्रतिक्रिया