लेबर कन्ट्रयाक्ट आएका ५ हजार श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी

काठमाडौं । युवाहरूहको आकर्षक गन्तव्य बनेको कोरिया रोजगारीको लागि रोस्टरमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएका नेपाली श्रमिलाई दक्षिण कोरिया पठाउने तयारी गरेको छ । कोरोना भाइरस महामारीका कारण प्रभावित भई जान नपाएका युवाहरूलाई सरकारले रोजगारीको लागि पठाउने तयारी गरेको हो ।

सरकारले हरेक वर्ष दक्षिण कोरियाले माग गरेअनुसार युवाहरू पठाउने गर्दछ । तर, सन् २०१९ मा परिक्षा दिई २०२० मा उतीर्ण भएका सम्पूर्ण युवाहरू कोभिड–१९ ले गर्दा जान पाएका थिएनन् ।

सन् २०२० का लागि २०१९ मा ९२ हजार ३ सय ५६ आवेदकमध्ये १२ हजार १० जनाले भाषा परीक्षा उत्तिर्ण गरेका थिए । तर, सीप परीक्षामा ६ हजार ७ सय ७३ जना मात्र उत्तिर्ण भए ।

सरकारले रोष्टरमा भएकामध्ये करिब ५ हजारको हाराहारीमा जाने प्रक्रियामा रहेको एपीएस कार्यालका निर्देशक इन्द्र गौतमले बताउनुभयाे । त्यससँगै आगामी दिनमा उक्त युवाहरू गएमा निरन्तर रुपमा अन्य पनि पठाउने उहाँकाे भनाइ छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया