तुलसीपुर चेम्बर अफ कमर्सको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

तुलसीपुर, १९ फागुन  / तुलसीपुर चेम्बर अफ कमर्सको बैठक विभिन्न निर्णय गर्दै तुलसीपर उपमहागनरपालिका–८ अश्वारा स्थित शिव माया बहुउद्देश्य कृषी फर्मको सभाहलमा सम्पन्न भएको छ ।

बैठकले चैत्र ७ गते कमर्सको प्रथपम साधरणसभा तथा अधिवेसन राख्ने , उपयुक्त समयमा एक दिने निशुल्क स्वास्थ्य शिविर र अति विपन्न तथा गरिब ५ घरपरिवारलाई खाद्यन्न सहयोग गर्ने निर्णय गरेको छ । चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठले यस अघि गरेका विभिन्न कार्यक्रमको समिक्षा समेत गरेको थियो ।

सो अवसरमा चेम्बरका प्रेस सल्लाहाकार ओपेन्द्र बस्नेत, कृती भण्डारी, शिव माया बहुउद्देश्य कृषी फर्मका संचालक भागवत कमलापुरी, चेम्बरका उपाध्यक्ष प्रेम गिरी लगाएतले व्यवसायीक मुद्दालाई शसक्त रुपमा उठाएर अघि बढ्नु  पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव ऋषी भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया