दाङमा २८ हजार बढि सवारी कारवाहीमा

घोराही, साउन ४ । ट्राफिक नियम विपरीत सवारी चलाउदा दाङमा २८ हजार बढि सवारी साधन कारवाहीमा परेका छन । जस बाट झण्डै दुई करोड राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । जिल्लामा वितेको आर्थिक वर्ष २०७३÷७४ मा ट्राफिक नियम उलंघन गर्ने २८ हजार ४ सय ७९ वटा सवारी साधन कारवाहीमा परेका थिए ।

जसवाट १ करोड ७५ लाख ९ हजार ५ सय राजस्व संकलन भएको कार्यालयले जनाएको छ । जसमा सबैभन्दा वढी मोटरसाइकल १० हजार ४ सय २३ वटा कारवाही गर्दा ६८ लाख ५ हजार ५ सय राजस्व संकलन भएको छ ।

त्यस्तै ३ हजार ८ सय ४ वस कारवाहीबाट २२ लाख ९९ हजार, ६ हजार ५ सय ६ वटा ट्रक कारवाहीबाट ३९ लाख २५ हजार ५ सय, ४ हजार ६४ वटा जिप कार कारवाहीबाट २३ लाख ६७ हजार ५ सय, ३ हजार ३ सय ६९ टेक्टर कारवाहीबाट १९ लाख २६ हजार र ३ सय १३ टेम्पो कारवाही गर्दा १ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।।

प्रकाशित मिति : २०७४ साउन ४ गते बुधवार
प्रतिक्रिया