मतदाता नामावली सँकलन अव स्थानिय तहमै,तिन दिनमा सोह्र सयले नाम दर्ता गराए

बसन्त परियार,तुलसीपुर ४ साउन । मतदाता नामावलीमा नाम दर्ता गराउन अव घोराहीमा जान नपर्ने भएको छ । नामावली सकलनको कार्य अव स्थानिय तह बाट नै हुने भएपछि जिल्ला निर्वाचनको कार्यालयमा धाउन नपर्ने भएको हो । साउन १६ गते देखि ३२ गते सम्म जिल्लाका दश स्थानिय तहबाट नामावली सँकलन गरीने जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कार्किले बताउनुभएको छ ।

कार्यालयले त्यसको तयारी गरीरहेको उहाले जानकारी दिनुभयो । यस अघि नामावली संकलनको कार्य घोराहीबाट मात्रै हुदा आफुहरुलाई असहज भएको देउखुरी र पश्चिम क्षेत्रका नागरिकहरुले गुनासो गरेका थिए । जिल्ला निर्वाचन कार्यालय दाङले साउन १ देखी फोटो सहितको मतदाता नामावली संकलनको कार्य थालेको छ ।

हिजो ३ गते सम्ममा जम्मा १ हजार ६ सय ३२ जनाले नाम दर्ता गराएका छन । तिन दिनमा ७ सय ८७ महिला र ८ सय ४५ पुरुषले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको प्रमुख कार्किले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ साउन ४ गते बुधवार
प्रतिक्रिया