यातायात व्यवस्था कार्यालय राप्तीमा २१ करोड राजस्व संकलन

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ३ साउन । यातायात व्यवस्था कार्यालय राप्तीले २१ करोड भन्दा वढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा २१ करोड २५ लाख ६६ हजार ४ सय ४९ रुपैया राजस्व संकलन गरेको कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्वमा बृद्धि भएको कार्यालयका प्रमुख अच्युत दाहालले जानकारी दिनु भएको छ । उहाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा १३ करोड ५४ लाख २ सय ८५ रुपैया मात्र राजस्व संकलन भएको थियो ।
राजस्वमा बृद्धि हुनुको कारण कर र गैरकरको बृद्धि भएको उहाले बताउनुभयो । कार्यालयमा यो आर्थिक वर्षमा सवारी करबाट १२ करोड ७९ लाख ५ हजार ४ सय ४९ रुपैया राजस्व संकलन भएको छ । गत वर्षमा उक्त शिर्षकबाट ९ करोड ९४ लाख राजस्व संकलन भएको थियो ।

त्यस्तैगरी सवारी दस्तुरबाट यो वर्षमा ५ करोड १४ लाख ७९ हजार ७ सय ४२ राजस्व संकलन भएको थियो भने गत वर्षमा १ करोड ८८ लाख ७९ हजार ५ सय ८८ संकलन भएको थियो । त्यस्तैगरी सडक ईजाजत दस्तुरबाट यो वर्षमा १ करोड ५४ लाख ९ हजार ४ सय २३ राजस्व संकलन भएको छ ।

त्यस्तै गत वर्षमा ४३ लाख ९४ हजार ५ सय ८,सडक सुधार दस्तुरबाट यो आर्थिक वर्षमा १ करोड ६६ लाख ७१ हजार ८ सय ४५ छ भने गत वर्षमा १ करोड १९ लाख ५९ हजार ५ सय ९३ राजस्व संकलन भएको कार्यालयका प्रमुख दाहालले जानकारी दिनु भएको छ । साथै कार्यालयको अन्य विविधबाट गत वर्ष १० हजार राजस्व संकलन भएको थियो भने यस वर्ष नभएको बताइएको छ ।

 

प्रकाशित मिति : २०७४ साउन ४ गते बुधवार
प्रतिक्रिया