तुलसीपुर, ६ फागुन / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ काे वडा भवनकाे उदघाटन गरिएको छ । करिब ६९ लाखको लागतमा निर्माण गरिएकाे नवनिर्मित वडा भवनकाे लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उदघाटन गर्नुभएको हाे ।
आजदेखि वडा भवन पूर्णरुपमा संचालनमा आएपछि बर्षेनी खर्च हुने आर्थिकको बचत भएको छ । यस अघि वडा कार्यालय सडकको उत्तर तर्फ भाडामा संचालन हुँदै आएको थियो ।
वडाध्यक्ष माधव वलीको अध्यक्षतमा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले पनि सम्बोधन गर्नु भएको थियो । वडा सदस्य धनबहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।